गृहपृष्ठ खबर दाङमा जुवा खेल्दै गरेको अवस्थामा १० जना पक्राउ

दाङमा जुवा खेल्दै गरेको अवस्थामा १० जना पक्राउ

प्रकाशित मिति:

दाङको घोराहीबाट होटेलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं। १४ लखनपार्क नजिकको एक खाजाघरमा तास खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । शुक्रबार पौने ५ बजेतिर एकलाख ७१ हजार पाँचसय ८० रुपैँयासहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो।

उहाँका अनुसार पक्राउ पर्नेमा होटेल सञ्चालक रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ निगालपानी घर भई हाल घोराही बस्दै आएका ३८ बर्षीय छवि पुन, सोही ठाउँका ५३ बर्षीय दुर्गा पुन, रोल्पा रुन्टीगढी ७ डुब्रिङ निवासी ३९ बर्षीय रेशम रोका, सोही ठाउँ निवासी ३२ बर्षीय सोमराज बस्नेत, सोही ठाउँका ४९ बर्षीय धनबहादुर घर्ती मगर रहेको छन् ।

त्यस्तै दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर निवासी ३५ बर्षीय पदमबहादुर बुढा, घोराही १३ कमलघारी निवासी ३९ बर्षीय दुर्गालाल रोका, घोराही १८ मसिना निवासी ४३ बर्षीय फाले घर्ती, घोराही १४ पुरानो बसपार्क निवासी ५२ बर्षीय गनबहादुर घर्ती, घोराही १५ रतनपुर निवासी ३५ बर्षीय जनकलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

सम्बन्धित् समाचार