गृहपृष्ठ खबर दुई टिप्पर आपसमा ठोक्किँदा रुपन्देहीमा १ को मृत्यु, चालक घाइते

दुई टिप्पर आपसमा ठोक्किँदा रुपन्देहीमा १ को मृत्यु, चालक घाइते

प्रकाशित मिति:

रुपन्देही जिल्लाको देवदह घोडाहास्थित पूर्वपश्चिम राजमार्गमा दुई वटा टिप्पर आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पूर्वबाट पश्चिम आइरहेको लु १ क २५८४ को टिपर र विपरीत दिशाको लु १ ख १२१८ टिपर शनिबार दिउँसो करिब साढे १ बजे आपसमा ठक्कर खाएको हो । दुर्घटनामा लु १ क २५८४ मा सवार रुपन्देही मायादेवी गाउँपालिका ४ गुन्डीकी ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो । चालक लुम्बिनी सांस्कृतिक नगरपालिकाका ३७ वर्षीय कमलेशकुमार यादव घाइते भएका छन । चालक यादवको बायाँ खुट्टा भाँचिएको छ । लु १ ख १२१८ ठक्करका चालक भने फरार छन् । प्रहरीका अनुसार टिपरको टायर पन्चर भएर ठोक्किएको हो ।

सम्बन्धित् समाचार