गत फागुन २९ गते बिहीबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को आशंकामा भर्ना गरी आइशोलेशनमा राखिएको युवामा संक्रमण नभएको पुष्टि भएको छ ।
पर्यटन क्षेत्रमा कार्यरत २२ वर्षिया युवामा कोरोना संक्रमणको आशंका गरी उनलाई अस्पतालले आइशोलेशनमा राखेको थियो । अस्पतालले संक्रमण परीक्षणका लागि काठमाण्डौं स्थित टेकु नेशनल प्रयोगशाला पठाएको बताउँदै कोरोना संक्रमणको नेगटिभ रिपोर्ट आएको अस्पतालको मेसु राजेन्द्र खनालले ग्लोबल आवाजलाई जानकारी गराए ।