गृहपृष्ठ खबर लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष हरि ढुङगाना अझै सम्पर्क विहिन

लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष हरि ढुङगाना अझै सम्पर्क विहिन

लियो क्लव अफ कपिलवस्तुका अध्यक्ष हरि ढुङगाना अझै सम्र्पक विहिन रहेका छन् । घरपरिवारले ढुङगानालाई खोजिदिन सम्पुर्णमा आग्रह गरेका छन् । यसरी ढुङगाना सम्पर्क विहिन रहदाँ सम्पुर्ण घरपरिवार अत्यन्त चिन्तित भएका छ । दुई दिनदेखी ढुङगाना सम्पर्क विहिन भएको परिवारले बताएको छ । ढुङगाना कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका बरवा ११ मा बस्दै आएका थिए ।

सक्रिय विद्यार्थी नेताका रुपमा रहेका ढुङगाना सम्पर्क विहिन हुनुको ठोस कारण भने खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ । उनी सिद्धार्थ क्याम्पस बुङचीका स्ववियू सदस्य समेत रहेका छन । उनी चार नः जितपुरबाट सालझण्डी गएको र सालझण्डी झरेको र त्यसपछि सम्र्पकबिहिन भएका हुन । उनको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

सम्बन्धित् समाचार