वैखरी अनलाइन
अमेरिकाको एक जेलमा रहेका व्यक्तिलाई छुटाईदिन्छु भन्दै ५० लाख लिने वाणगंगाका एक व्यक्ति पक्राउ परेका छन् भने एक व्यक्ति फरार भएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिकाका बिनोद भुसालले दाङका एक व्यक्तिलाई अमेरीकाको जेलबाट छुटाईदिन्छु भन्दै ५० लाख लिएको रहस्य बाहिर आएसंगै उनका साथि वाणगंगा अनिल सुवेदी भन्ने पक्राउ परेका छन् भने बिनोद भुसाल फरार रहेका छन् । भुसालले जेलबाट निकालिदिन्छु भन्ने वहानामा घरपरिवार पैसा तिर्न सहमत भएको थियो ।
वाणगंगा नगरपालिकाका अनिल सुवेदीलाई भुसालले बनगाईमा गएर पैसा लिएवापत ३० हजार दिन्छु भन्दै पठाए । २५ लाख लिनेक्रममा दाङको सिभिल प्रहरीले वाणगंगाका अनिल सुवेदीलाई पक्राउ गरि दाङ प्रहरीको जिम्मा लगाएको छ भने बिनोद भुसाल फरार रहेका छन् । यस विषयमा ईलाका प्रहरी कार्यालय पिपरामा बुझ्दा दाङका एक नागरिकलाई जो हाल अमेरिकामा रहेका थिए उनको परिवार संग २५ लाख नगद दिए वापत आफुले जेलबाट उनलाई छुटाईदिने आश्वासनमा २५ लाख पहिलानै लिईसकेको र अन्तिम चरणमा फेरी २५ लाख चाहिने भन्दै माग गरेका थिए । त्यस पश्चात अमेरिकामा रहेका उनी तत्काल जेलबाट रिहा भए ।
लगत्तै उनले घरपरिवार संग सम्पर्कमा रहि किन २५ लाख तिरेको र उक्त व्यक्ति संग तिर्न आवश्यक नरहेको भन्दै घरपरिवारलाई गिरोह घिमिरेको सम्पर्कमा आउन आग्रह गरे । आग्रह पश्चात पिडित परिवार घिमिरेको सम्पर्कमा पुग्यो । परिवारकै रणनिति र वाणगंगाका घिमिरेको चलखेलमा उनको परिवार २५ लाख तिर्न तयार भयो । कपिलवस्तुको वाणगंगा नगरपालिका बनगाईमा उक्त परिवारले दाङको परिवारलाई सम्पर्क गरि बनगाईमा भेटि २५ लाख लिने गरि मोवाईल फोन मार्फत सहमति भयो । त्यस लगत्तै वाणगंगाका विनोद भुसालले आफु बोर्डगाउँमा बसी सुवेदीलाईलाई ३० हजार दिन्छु भन्दै, मैले एक जनासंग २५ लाख लिनुछ र तिमी गएर ल्याईदेउ त्यसवापत तिमीलाई ३० हजार दिन्छु भन्दै साथीलाई बनगाई पठाए । सिभिल ड्रेसमा रहेको प्रहरीले उनलाई नियन्त्रणमा लियो ।









