गृहपृष्ठ खबर पोखरामा एक अमेरिकी पर्यटक मृत अवस्थामा फेला

पोखरामा एक अमेरिकी पर्यटक मृत अवस्थामा फेला

प्रकाशित मिति:

पोखरा महानगरपालिका-६, डिहिकोपाटनमा रहेको एउटा होटलमा अमेरिकी पर्यटक मृत फेला परेका छन् ।फागुन २८ गतेदेखि होटलमा बस्दै आएका ७० वर्षीयअमेरिकी नागरिक मार्क स्क्होनेफेल्ड मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । कोठामा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मृतक मार्कको शवलाई पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको तथा नेपालमा रहेको अमेरिकी दूतावासलाई घटनाबारे जानकारी गराइएको प्रहरीको भनाइ छ ।

सम्बन्धित् समाचार