प्रदेश २ को नामकरणका लागि प्रदेशसभामा विभिन्न चार वटा नाम प्रस्ताव सबै अस्वीकृत भएका छन् ।
सत्तापक्ष समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा ल्याएको प्रस्ताव ‘मधेश’ पनि अस्वीकृत भएको छ ।
१०७ सदस्य रहेकोमा कुनै पनि प्रस्ताव पारितको लागि कम्तीमा दुई तिहाई अर्थात् ७२ जनाको समर्थन आवश्यक थियो । ‘मधेश’ को पक्षमा ६० मत खसेको छ भने एक मत बदर र ४६ वटा मत विपक्षमा परेको छ ।