प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तीनथानाबाट सामुहिक करणीको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी बृत थानकोट र महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलीले सामुहिक करणीको आरोपमा तीनै जनालाई बुधबार नियन्त्रणमा लिएको हो ।
प्रहरीले दाङको राप्ती गाउँपालिका–१ का बासिन्दा २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुलीको सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र रामेछाप गोकुलगंगा गाउँपालिका–२ का १९ वर्षीय कपिल खड्कालाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी बृत थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले तीनथानामा गस्ती गर्ने क्रममा १७ वर्षीया एक किशोरीलाई अपरिचित तीन जनाले जबरजस्ती करणी गरेको सूचनाको आधारमा उक्त घटनामा संलग्न तीनै जनालाई तत्काल नियन्त्रणमा लिएको बताउनुभयो । उनीहरुले ती किशोरीलाई सडक किनारमा पार्किङ्गमा राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकको अगाडिको भागमा लगेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको बताइएको छ ।
प्रहरी नियन्त्रणमा परेका तीनै जनालाई मुलुकी अपराध संहिता–२०७४ को करणी सम्बन्धी कसुरमा कारबाही गरिने बताएको छ ।