गृहपृष्ठ खबर गुल्मीमा जीप दुर्घटना हुदाँ एक जनाको ज्यान गयो

गुल्मीमा जीप दुर्घटना हुदाँ एक जनाको ज्यान गयो

प्रकाशित मिति:

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चन्द्रकोट गाउँपालिका अन्तर्गत मजुवाबाट पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको बोलेरो जीप बिहीबार दिउँसो चन्द्रकोटको ८ तुराङ्गमा दुर्घटना भएको हो । दुर्घटनामा परेर जीप चालक धुर्कोट गाउँपालिका ६ का २४ वर्षीय मनिष जीसीको ज्यान गएको प्रहरी चौकी मजुवाका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर गाहाले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर घाइते भएका जीसीको उपचारको क्रममा स्थानीय स्वास्थ्य संस्थामा ज्यान गएको हो । दुर्घटनामा गुल्मी दरबार गाउँपालिका २ का ३० वर्षीय शिशिर गौतम र चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरमा बस्दै आएका ४५ वर्षीय श्याम आचार्य घाइते हुनुभएको छ ।घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा लगिएको छ । सामान बोकेर गाउँ जाँदै जीप घुम्ति मोड्ने क्रममा दुर्घटनामा परेको हो ।दुर्घटना भएको जीप सडकबाट १२ फिट तल खसको प्रहरीले बताएको छ ।

 

दुर्घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगिसकेको छ ।

सम्बन्धित् समाचार