कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हँदा १ घर र ३ गोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं-५ को कटनियामा बुधवार करिब साढे एघार बजे आगलागी भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
गए राती सुतिरहेको अवस्थामा दुर्गा तिवारीको घरबाट आगो सल्केर राम शरण कोहार र आयुफ खाँको गोठ जलेको प्रहरी निरिक्षक मधु नेपालले बताउनु भयो । आगलागीले २ वटा गाई, खाद्यन्न, लत्ताकपडा, पशु, किताव कापी, सर–समान, एउटा खुद्रा पसल र २ हजार नगदसहित ७ लाख बराबरको क्षति भएको प्रहरी निरिक्षक नेपालले जानकारी दिनुभयो ।
मच्छड भगाउन सल्काएको आगोले घर र गोठ जलेकोे अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाइएको छ । इलाका प्रहरी कार्यालय गणेशपुर, ठकुरापुर र सशस्त्र प्रहरी बल डालपुर घटना स्थलमा पुगेको थियो ।
महिला, बालबालिका तथा समाज कल्याण शाखाको सहयोगमा आज गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विचल्लीमा परेका बालबालिकालाई लत्ता कपडा र पोषाक ५ नं. वडा कार्यालयको सहयोगबाट अति आवश्यक खाद्यान्न लगायत राहत सामग्री वितरण गरिएको छ ।