नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाणगंगा नगरपालिका वडा नं. ११ वडा कमिटिले पार्टी एकता संगठन सुदृढिकरण तथा जन सम्बन्ध विस्तार अभियानलाई तिब्रता दिएको छ । आज बसेको वडा कमिटिको बैठकले १५ वटा टोल कमिटिहरुलाई यो अयिानलाई अगाडि बढाउन निर्देशन दिनुका साथै प्रत्येक टोलमा एक एक जना सहजकर्ता पनि खटाईएको वडा कमिटि अध्यक्ष मधु बेल्बासेले जानकारी दिनुभयो ।
बैठकमा पार्टी सदस्यहरु विस्तार गर्ने, पार्टीलाई बलियो कसरि बनाउने, समाजमा रहेका समस्याहरुको समस्या कसरि गर्ने भन्ने विषयहरु माथि छलफल गरिएको थियो । वडा कमिटीका अध्यक्ष मधु बेल्बासेको अध्यक्षता, नगर ईन्चार्ज देवराज अर्यालको प्रमुख आतिथ्यता, कमल चुँदाली, सचिवालय सदस्यहरु बिमला चौधरी र धुर्व चन्द थारु, जिल्ला सदस्य वडा नं। ११ ईन्चार्ज टेक बहादुर सुनार, जिल्ला कमिट सदस्य तथा वडाअध्यक्ष सोमनाथ अर्याल तथा नगर कमिटिका सदस्यहरुको उपस्थिती रहेको बैठक वडा कमिटि सचिव रविन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।