गृहपृष्ठ खबर दैलेखमा लुकाएर राखिएका १४ सिलिण्डर ग्यास जफत

दैलेखमा लुकाएर राखिएका १४ सिलिण्डर ग्यास जफत

प्रकाशित मिति:

व्यापारीहरुले खाना पकाउने ग्यासको अभाव सिर्जना गराएको भन्दै उपभोक्ताहरुले गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले बजार अनुगमनका क्रममा लुकाएर राखेका १४ वटा ग्यास सिलिण्डर जफत गरेको छ। व्यापारीहरुले ग्यास लुकाएर अभाव सिर्जना गर्ने गरेको बढी मूल्यमा बिक्री गर्ने गरेको भन्दै गुनासो बढेपछि दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीको नेतृत्वमा प्रहरी निरीक्षक नैनबहादुर साउद र पत्रकार सहितको टोलीले ग्यास बिक्रेताको पसलहरु अनुगमन गरेको थियो।

अनुगमनका क्रममा टोलीले दैलेखको पुरानो बजारमा रहेको श्रेष्ठ भाँडा पसलबाट ११ सिलिण्डर र एलिजा स्टोरबाट ३ वटा सिलिण्डर जफत गरिएको क्षत्रीले बताए।हामीसँग स्टक छैन’ भनिसकेपछि भेटिएका ग्यास जफत गरिएको र उक्त विषयमा कानुनी कारवाही अगाडि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए। विपदको समयमा अभाव सिर्जना गरेको विषयमा उभोक्ताको गुनासो आउनासाथ प्रशासनले तत्काल अनुसन्धान गरी दोषी भेटिएमा कडा कारवाही गर्ने कट्टेलले बताए।

सम्बन्धित् समाचार