कोभिड १९ अर्थात कोरोना भाईरस सम्बन्धि बुद्धभुमि नगरपालिका वाड न. ५ मा वडा स्तरीय समन्वय समिती गठन गरिएको छ । वडाध्यक्ष वेचन प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा वडाका सम्पुण सदस्या,प्र.अ. स्वास्थ स्वयम सेविका,बुदिजिवी,समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको नेपाल पनि उच्च जोखिममा रहेको र कपिलवस्तु जिल्लामा खुल्ला नाका धेरै भएका कारणले नगरपालिका पनि जोखिममा रहेकोले वडाले पनि सर्तकता अपनाउने कुरामा जोड दिएको छ । वडा अध्यक्ष यादवले कोरोनाबाट बच्न भिडभाडमा नजान अनुरोध गर्दै अति आवश्यक काम बाहेक अन्यथा बाहिर नजान र सरसफाइमा उच्च सर्तकता अपनाउन अनुरोध गर्नुभएको छ। वडावासि जनतालाई सु सुचित गर्न विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने, भिडभाड ,भोजभतेर पार्टि ,सभा सम्मेलन नगर्न अनुरोध गर्नु भएको छ । साथै कोरोनाका बारेमा गलत कुरा नगर्न ,दैनिक उपभोग्य बस्तु, मेडिकल सामाग्री लगायत अतिआबश्यक बस्तुको कृतिम अभाब सिर्जना गरि कालोबजारी नगर्न सबैलाई अनुरोध गर्नु भएको छ ।