गृहपृष्ठ खबर लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर

लकडाउनको नाममा एम्बुलेन्स नै हिड्न नमिल्ने गरी ठाउँठाउँमा बाटो अवरुद्ध, प्रशासन वेखबर

प्रकाशित मिति:

उमेश बि.क /नवलपरासी, १४ चैत्र

विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा नेपाल उच्च जोखिमको सुचिमा रहेकोले पश्चिम नवलपरासीको बिभिन्न गाउँटाेलमा लकडाउन सफल पार्ने बाहानामा कतै गाउँमा अपरिचितलाई प्रवेश निषेध गरेका छन् त कतै एम्बुलेन्स समेत आउन नमिल्ने गरी बाटो बन्द गरिदिएका छन् । नवलपरासीकाे सुस्ता गाउँपालिका , सरावल गाउँपालिका, बर्दघाट नगरपालिका ,पाल्हिनन्दन गाउँपालिकाका अधिकांश स्थानमा अलिहे स्थानीय आफैले बाटो बन्द गरेका छन् तर प्रशासन भने वेखबर रहेको छ । यसरी बाटो अवरुद्ध गर्दा एम्बुलेन्स विरामी लिन जान समस्या हुने गरेको र कतिपय एम्बुलेन्सहरु बीच बाटो बाटै फर्किएको सरावल गाउँपालिकाका एम्बुलेन्स चालक अनिल चाैधरीले बताए । कोरानाबाट बच्नका लागि सरकारले देशभर लकडाउन गरेपछि देशका अधिकांश सहर सुनसान देखिएको छ।

गाउँघरका स्थानीयले लक डाउनलाई गम्भिर रुपमा नलिएपछि कति पय गाउँमा अहिले युवाहरु जम्मा हुने र बन्द हड्ताल गरे जस्तो गरी बाटोमा अवरोध राखेर अत्यावश्यक काममा समेत हिडडुल गर्न नमिल्ने गरी बल प्रयोग गरेर अवरोध सिर्जना गरेका छन् । कतिपय ठाउँमा सोही विषयले झडप समेत हुन थालेको छ । बाटो अवरुद्ध हुदा र लकडाउनकाे प्रभाव स्थानीय जन्तामा कस्ताे छ विभिन्न ठाँउका मान्छेहरुको एक आपसमा सम्पर्क छ कि नाई भन्ने वारे स्थानिय जन प्रतिनिधिहरुको अनुगमन पनि फित्लो भएको देखिएको छ ।

सम्बन्धित् समाचार