स्थानियको तिब्र बिरोध भएपछि रुपन्देहीको कञ्चन गाउपालिकाले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को सम्भावित संक्रमण र जोखिम न्यूनिकरण गर्न कञ्चन गाउपालिका वार्ड नं. ४ दियोमा रहेको हिमालय आधारभुत बिधालयमा बनाइएको अस्थाई क्वारेन्टाइलाई स्थानान्तरण गरी कञ्चन गाउपालिकाकै वार्ड नं. ५ गरगरेमा रहेको लुम्बिनी ज्ञान निकेटन माध्यमिक बिधालयमा निर्माण गरिएको छ ।
बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोारेना भारस कोभिड १९ बाट हुन सक्ने सम्भाबित संक्रमण र तयसबाट उत्पन्न हुन सक्ने जोखिलाई न्युनिकरण गर्न कञ्चन गाउपालिकाले हिमालय आधारभुत बिधालयमा २५ शैयाको अस्थाई क्वारेन्टाइन निर्माण गरिएकोमा स्थानियहरुको तिब्र बिरोध पछि तयार भएको सम्पुर्ण संरचना भडकाएर लुम्बिनी ज्ञान निकेटन माध्यमिक बिधालयमा स्थानान्तरण गरिएको कञ्चन गाउपालिका स्वास्थ्य शाखा संयोजक राम प्रसाद गौतमले जानकारी गराउनु भएको छ ।
हरेक कामहरु स्थानियहरुको समन्वय र सहयोगमा गरिनु पर्छ र हिमालय आधारभुत बिधालयमा क्वारेन्टाइन बनाउन स्थानियहरुको पनि सहयोग थियो तर स्थानियहरुलाई के कुरामा चित्त बुझेन अनि बिरोध भएपछि अन्त सार्नु परेको संयोजक गौतमले बताउनु भएको छ।
कञ्चन गाउपालिकामा छिमेकी देश भारतबाट घर आउनेको संख्या बढ्दै गैरहेको र भारतबाट आएका कञ्चनवासीहरुबाटै सम्भाबित कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै उनिहरुलाई आफ्नै घरमा बस्न र घरबाहिर निस्केर आवत जावत तथा घुमफिर नगर्न कञ्चन गाउपालिकाले बिशेष आग्रह गरेको छ । यदी घर सांघुरो र एउटा मात्र कोठा भएको र रुघाखोकी तथा सुक्खा खोकी लागेको ब्यक्तिहरुलाई सुरक्षाकर्र्मी तथा बिशेष उद्धार टोलीमार्फत रुद्रपुर स्वास्थ्यचौकीमा ल्याई उपचार गराइएको संयोजक गौतमले जानकारी गराउनु भएको छ ।अहिले रुद्रपुर स्वास्थ्यचैकीमा बनाई कोरोनाको लक्षण देखिएका १० जनालाई क्वारेन्टाइन बनाएर राखिएको रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज बिमला पाण्डेले जानकारी दिनु भएको छ ।
कञ्चन गाउपाउिलकाले निर्माण गरेको २५ शैयाको अस्थाई क्वारेन्टाइन निर्माणका लागि कञ्चन गाउपालिकामा क्रियाशिल बिभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन । उक्त क्वारेन्टाइन निर्माणका लागि कञ्चन गाउपालिका वार्ड नं. ४ मा रहेको सुनगाभा सामुदायिक बिकास केन्द्र,हिमालय सामुदायिक बिकास केन्द्र,हिमालय आमा समूह,रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,रुद्रपुर खानेपानी तथा सरसफाई संस्था,लायन्स क्लव अफ कञ्चन,बुद्धदीप आवासिय माध्यमिक बिधालय,पिपरीचापा महिला सामुदायिक बन उपभोक्ता समूह,कञ्चन जेसिज,इलाका प्रहरी कार्यलय,रुद्रपुर,शसस्त्र प्रहरी बेस क्याम्प,लोण्डिहवा र हिमलय आधारभुत बिधालयले सहयोग गरेका छन ।
यसैगरी कञ्चन गाउपालिकाको आज बसेको कार्यपालिका बैठकले कञ्चन गाउपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीहरुले ५ दिन र सहायक स्तरका कर्मचारीहरुले ३ दिन बराबरको तलव गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको अध्यक्षतामा गठित बिपद कोषमा राहत स्वरुप जम्मा गर्ने निर्णय गरेको छ । यसैगरी कञ्चन गाउपालिकामा दैनिक ज्याला मजदुरी गरेर जिवन गुरजारा गर्नेहरुको लगत संकलन गरी उनिहरुलाई कञ्चन गाउपालिलकाले खाध्यान्न सहयोग गर्ने समेत निर्णय भएको कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनु भएको छ ।
कञ्चन गाउपालिका स्तरिय क्वारेन्टाइन ब्यबस्थापन समितिको आज बसेको बैठकले दैनिक ज्यालादारी जिवन गुजारा गर्ने मजदुरहरु लकडाउनको समयमा घर बाहिर जान नपाउने तर दैनिक ज्यालादारी गरेर बिहान सांझको छाक तार्दै आएका परिवारहरुको जिवन कष्टपुर्ण हुने भएकोले वहाहरुको लगत संकलन गर्न ५ वटै वडाका वडा अध्यक्षहरुलाई निर्देशन दिइएको कञ्चन गाउपालिका वार्ड नं. ५ का वडा अध्यक्ष तथा कञ्चन गाउपालिकाका प्रबक्ता कृष्ण प्रसाद अधिकारीले जानकारी दिनु भएको छ । आजै बसेको बैठकले आवस्यकता अनुसार कञ्चनका प्रगती माध्यमिक बिधालय,गजेडी माध्यमिक बिधालय,हरैया माध्यमिक बिधालय लगायतमा अस्थाई क्वारेन्टाइन बनाउनको लागि सम्बन्धित पक्षहरु संग समन्वय गरिएको प्रबक्ता अधिकारीले जानकारी दिनु भएको छ ।