कोरोना भाईरसको त्रास बढे पछि सरकाले अल डाउन गरेको बेला मुस्लिम समुदायको दोश्रो बढी बसोबार रहेको कपिलवस्तुका मुस्लिम समुदायले शुक्रवार जुमाको दिन मस्जिदमा नपढी घरमै नमाज अदा गरको छन । भीडभाडमा कोरोना फैलन सक्ने जोखिम रहेको र सरकारले समेत लक डाउन गरेकोले घरमै बसेर जमुको बिशेष नवाज पढेका हुन । तौहिलावक मुस्लिम अगुवा रउफ अहमद खाले जुमाका दिन मुस्लिम समुदायले अनिवर्र्य रुपमा मस्जिदमा गएर नवाज पढनु पर्ने भए पनि वर्तमान परिस्थितले गर्दा घरमै नवाज पढने आफुहरुले निर्णय गरेको बताए । यस बिषयमा आफुहरुले मुस्लिम धर्म गुरु मौलानाहरुसंग समेत छलपलm गरेको उनले बताए ।
‘ शुक्रवार मस्जिदमा नवाज पढने हाम्रो धर्म हो तर अहिले बिश्व नै कोरानोका त्रासमा छ मानवता नै धर्म हो त्यसैले हामीले घर मै नवाज पढेका हौ ’ उनले भने । उता कृष्णनगरका मुस्लि अगुवा महसुद नेपालीले अहिलेको परिस्थिति र सरकारले गरको निर्णयको कार्यान्वयन गर्दै मस्जिदमा सामुहिक पाठन नगरिएको बताए । उनले नेपाल सरकारले दिएको निर्देशनलाई मुस्लिम समुदायले समेत अपनाई कोरोना भाइरसको रोकथाम गर्न र सचेतना अपनाईएको बताए । उनले मुस्लिम समुदाय मस्जिदमा अजान दिएको तर नमाज पढ्नको लागि चार जना मात्र सहभागी भएको बताए । कपिलवस्तुमा २ सय बढी मस्जिद छन ।
हरेक मस्जिदमा ५ सय देखि ३ हजार सम्म शक्रुवारको दिन नवाज पढने गरिन्छ । यसै बिषयमा बिहीवार कृष्णनगर चन्द्र्रौटाका मुस्लिम अगुवाहरुले बिज्ञप्ती निकाल्दै बढी भिडभाड नगर्ने र शुक्रवारको नमाज आ–आफ्नो घरमा पढन मुस्लिम समुदायमा आग्रह गरका थिए । उनीहरुले कोरोना भाईरसको त्रासबाट चाडै मुक्ति दिलाउन अल्लाहसंग प्रार्थना गरेको जनाएका छन ।