गृहपृष्ठ खबर कोरोना भाइरस विरुद्ध आफ्नो गाउँ आफैँ लकडाउन

कोरोना भाइरस विरुद्ध आफ्नो गाउँ आफैँ लकडाउन

प्रकाशित मिति:

कपिलवस्तु, नगरपालिका १० नगवाका स्थानीयले कोरोना भाइरस विरुद्ध आफ्नो गाऊ नै पूरा लकडाउन गरेका छ्न् । गाउँमा विशेष सुरक्षा सतर्कता अपनाइएको र कोही नयाँ ब्यक्ति गाउँमा प्रवेश गर्न नदिइएको गाउँलेहरु बताएका छन् ।यस्तै विशेष सुरक्षा अपनाउनको लागि छोटो जनचेतना कार्यक्रम समेत गरिएको नगवा युवा क्लब सदस्य सरोज घिमिरेले बताउनुभयो ।

युवाहरु मिलेर नै गाउँ लाई जोगाउने र अपरिचित र बाहिरबाट आएकाहरुबाट जोगिनका लागि गाउँबासीमा आग्रह गरेको वार्ड अध्यक्ष मोहनलाल शर्माले बताउनु भयो । साथै प्रशासनको सहयोगमा हिजो मात्र भारतबाट आएकालाई वार्ड अध्यक्षको नेतृत्वमा जिल्ला अस्पताल पठाइएको छ । अहिलेसम्म १२ जनालाई होम क्वारेन्टाइनमा बस्नका लागि घरमै गएर आग्रह गरेको समेत उहाँले बताउनु भयो ।

सम्बन्धित् समाचार