
कोरोना भाईरसको बिश्वब्यापी त्रास बढीरहेका बेला त्यसको जोखिम कम गर्न कपिलवस्तु नगरपालिकामा बिषादी छर्ने अभियान सुरु गरिर्एको छ । अभियान अन्र्गत नगरपालिकाको वडा नम्बर ३ का टोल बस्तीमा अहिले बिषादी छर्ने काम अघि बढाईएको छ । यस अघि नै वडा नम्बर १ ले बिषादी छर्ने काम जारी राखेको छ । यस्तै वडा नम्बर १२ पनि बिषादी छर्ने अभियान थालिएको छ ।
लकडाउनको बेला मान्छेहरुको ओहरदोहर नहुने भएकाले नाली सडकमा बिषादी छर्ने कार्य सुरु गरिएको वडा नम्बर ३ का अध्यक्ष तथा नगरपालिकाका सामाजिक विकास संयोजक प्रकाश गैरेले बताए । वडा र तौलिहवा बजारमा बिषादी छर्ने कार्य सूरु गरिएको छ । अहिले मुलुकमा कोरोना, डेंगु लगायत रोगहरु फैलरहेको बेला भाईरस र व्याकटेरियाको संक्रमणबाट हुने रोगबाट बच्नका लागि बिषादी छरिएको वडा अध्यक्ष गैरले बताए ।
‘ अहिले कोरोना डेंगु जस्ता रोग ब्याधीहरु फैलिरहेको छ त्यसको नियन्त्रणकालागि हामीले यो कार्यको सूरुवात गरेका हौ ’ उनले भने । नगर वडा र सरदमुकाम तौलिहवालार्ई सुरक्षित बनाउन टोल बस्तीमा रहेका नाला तथा फोहर हुने ठाँउमा विषादी छर्ने कार्य शुरु गरेको उनले बताए । मौसम परिवर्तन सँगै विभिन्न रोग महामारी फैलिने डर रहेकोले रोकथाम तथा रोकथाम र उपचारका लागि यो अभियानले मद्दद्दत मिल्ने उनले बिश्वास ब्यक्त गरे । नगर क्षेत्रमा यस सम्बन्धी सचेतना फैलाउने र रोग नियन्त्रणका लागि संचार माध्यमबाट संदेशमुलक सचेतना फैलाउने गरी कार्यक्रम अघि बढाईनु पर्नेमा उनले जोड दिए । सिंहले नगरमा रहेका सबै १२ वटै वडामा बिषादी छर्ने काम अघि बढाइएको बताए । उनले लकडाउनलाई पुर्णरुपले पालना गर्नु पर्ने भन्दै सचेत रहन आग्रह गरे ।
आईतवार साझ सम्म कपिलवूस्तुका १० पालिकामा निर्माण गरिएको २ सय ४२ क्वारेन्टाईन बेडमा ८५ जना रहेका छन । आईसुलेन बेड ८ वटा छन । रोजगारीकालागि भारत र खाडी लगायत मुलुकबाट फर्केकाहरुमाथी पालिका र प्रहरीको बिशेष निग्रानी गरिएको प्रअिज दीर्घनारयण पौडेलले बताए । अझै पनि फर्केका मध्ये धेरै जना घरमै लुकेर बसेका छन । उता फान्सबाट कतार ऐयरवेज हुदै गत चैत ४ गते संक्रमीत युवतीसंगै फर्केका २ जनाको अझै स्वाव परिक्षण गरिएको छैन । हाल दुबै जना मायादेबी गाउपाकिालको पकडी स्थित क्वारेन्टाईनमा छन ।
दुबैलाई प्रहरीले खोजेर संकर्पमा ल्याएका थिए । दुबै जनाको अवस्था सामान्य रहेको मायादेबी गाउपाकिालका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले बताए । नुर माहोम्मद धोबी र धर्मराज अहिरको अझै स्वाथ्य परिक्षण गरिएको छैन ।









