गृहपृष्ठ खबर रेडक्रस द्धारा अस्पताललाई सय थान प्रोटेक्टीभ गाउन

रेडक्रस द्धारा अस्पताललाई सय थान प्रोटेक्टीभ गाउन

प्रकाशित मिति:

नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाले कोरोना भाईरसको उपचारमा संलग्न हुने स्वाथ्यकर्मीलाई आवश्यक पर्ने पिपिआई सामग्री अन्र्गत पर्ने सय थाना प्रोटेक्टीभ गाउन कपिलस्तु अस्पताललाई प्रदान गरेको छ ।

सदरमुकाम तौलिहवामा शाखा सभापति केशव कुमार श्रेष्ठ र महासचिव संतोष कुमार श्रीवास्तवले अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेलाई गाउन हस्तान्तरण गरेका थिए , यस अघि तीन दिन अघि रेडक्रसले अस्पताललाई एक दर्जन गाउन उपलब्ध गराएको थियो । कोरोना संक्रमितहरुको उपचारमा संलग्न रहेको स्वास्थयकर्मीलाई लक्षित गरी आफुहरुले अस्पताललाई गाउन दिएको शाखा सभापति सिहले बताए ।

‘ स्वास्गथ्यकर्मी आफै सुरक्षित नभई उपचार गर्न असहज हुने भएकाले हामीले यो प्रदान गरको हौ ’ उनले भने । आफुहरुले अन्य सामाग्रीहरु समेत अस्पताललाई प्रदान गर्ने उनले बताए । मेसु बन्जाडेले कोरोनाको संत्रासले स्वास्थ्यकर्मी समेत असुरक्षित भएकाले बेला रेडक्रसले दिएको सामाग्रीले उपचार गर्न सहज हुने बताए । ‘ पिपिआई नहुदा स्वास्थ्यकर्मी आफै असुरक्षित छन, यस्तो बेला पाएको सहयागले उपचार गर्न सहज हुनेछ ’ उनले भने ।

सम्बन्धित् समाचार