सामाजिक संजाल फेसुबेकमा प्रहरी र नेतालाई गाली गरेको आरोपमा कपिलवस्तुमा आईतावार पक्राउ परेका युवालाई कागज गराई सोमवार बिहान छाडिएको छ ।कपिलवस्तुको मायादेबी गाउपालिका– १ पकडीचोकबाट सफिक खानलाई ईलाका प्रहरी कार्यालय पकडीले आईतवार बिहान नियन्त्रणमा लिएको थियो ।
खानले क्षमायाचना सहीत आईन्दा त्यस्तो नगर्नै भन्दै लिखित कागज गरे पछि एक पटकलाई संझाएर छाडिएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए । पकडी चोकमा मोबाईल पसल संचाल गर्दै आएका खानले प्रहरीलाई चुतिया र नेतालाई चोर भनी शनिवार राति ६ बजेर ५९ मिनेटको सयममा आफनो फेसुबुक बालमा पोस्ट गरेका थिए ।