गृहपृष्ठ खबर कोरोनाको आशंकामा भर्ना भएकी एक युवतीको वीर अस्पतालमा मृत्यु, उनी भारतबाट यही साता नेपाल आएकी थिईन्

कोरोनाको आशंकामा भर्ना भएकी एक युवतीको वीर अस्पतालमा मृत्यु, उनी भारतबाट यही साता नेपाल आएकी थिईन्

प्रकाशित मिति:

वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । वीर अस्पतालका निर्देशक डा। केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।


‘उनी भारतबाट यही साता नेपाल आएकी रहिछन् । यहाँ ल्याउँदा ज्वरो पनि थियो, सास फेर्न पनि गाहो भइरहेको थियो’ निर्देशक सेञ्चुरीले भने, ‘ हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौ‌ं । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’ ती युवती चन्द्रागिरि नगरपालिका १५ की हुन् ।

सम्बन्धित् समाचार