कोभिड- १९ अर्थात कोरना भाईरस फैलन सक्ने जोखिम कम गर्न जिल्ला अदालतको आदेश अनुसार कपिलवस्तु कारागारबाट नौ जना कैदी बन्दीलाई रिहा गरिएको छ । कोरोना भाईरस फैलिए पछि सर्वोच्च अदालतको निर्णय अनुसार जिल्ला अदालतले उनस्हरुलाई छाडेको हो । कारागारका जेलर राकेश पाण्डेय अनुसार सर्वोच्च अदालतको गत चैत ७ गतेको निर्णय अनुसार जिल्ला अदालतको आदेश पछि उनीहरुलाई रिहा गरिएको छ ।
मुलुकी फौजदारी संहीता कार्यबिधि २०७४ को दफा १५५ अनुसार एक बर्ष सम्म कैद बाकी रह्का कैदी बन्दीको रकम लिई उपयुक्त देखिए जिल्ला न्यायधिको ईजलासबाट छाडने ब्यवस्था मिलाउन सवोृच्चले प्रेस बिज्ञप्ती जारी गरेको थियो । त्यस्त कैदी बन्दीको निबेदन र जिल्ला न्याधिशको आदेश अनुसार उनीहरुलाई गत चैत ९ देखि चैत ११ गते को बिचमा रिहा गरिएको जेलर पाण्डेयले बताए ।
छाडिएको नौ जना मध्ये बहु बिवाहका २, आगलागी ४, कुटपीट र लुटपीटका २ र सवारी ज्यानका एृक जना रिहा भएका हुन । दुई ब्लकमा २ सय ३० जनको क्षमता रहेको कारागरमा अहिले ३ सय ८५ जना कैदीबन्दी छन । एकै ठाउमा धेरै मानिस हुदा कोरोना फैलन सक्ने भएकाले कारागारमा सचेतना कार्यक्रम समेत चलाईएको जेलर पाण्डेयले बताए । कोरोना फैलन सक्ने भन्दै कारागार ब्यवस्था बिभागको परिपत्र अनुसार कैदीबन्दीका आफन्तहरुलाई भेटन दिने कार्यक्रम समेत हाललाई राक लगाईएको उनले बताए । ‘ कैदीबन्दीलाई खानपिन सरसफाई लगायतका बिषयमा सचेत गराएका छौ ’ उनले भने । उता कारागारमा ५०प्रतिशत कैद सजाय भुक्तान गरको कैदीहरुको समेत बिभागमा लिष्ट पठाइएको छ ।