कपिलवस्तुका जनप्रतिनिधि र प्रहरीले कारोनाको उच्च जोखिम रहेको जिल्लामा भारत, बिदेश तथा
फर्केकाहरुलार्ई खाजेर धमाधम क्वारेन्टाईन पठाउदै छन ।
जिल्लामा कोरोनाको संक्रमण फैलन नदिन उनीहरुले उच्च सतर्कता अपनाउदै भारत र बिदेशबाट फर्केकाहरुको लगत सकलन गरी क्वारेन्टाईन पठाउन सुरु गरेका हुन् । भारतका बिभिन्न शहरहरुमा कोरोना फेल्एिकोले त्यहाबाट फर्किने नेपालीहरुमा कोरानाको संक्रमण हुने उच्च जोखिम रहेको स्वास्थयकर्मीहरु बताउछन ।
भारतसंग ९३ किलो मिटरको सिमा सटकोले जिल्ला एक दर्जन बढी चोर नाकाहरु छन । जसले गर्दा भारतबाट आएकाहरु चोर नाका हुदै घर फर्कने गरेका छन । जन प्रतिनिधि र प्रहरिले भारत र बिदेशबाट फर्ककाहरुलाई क्वारेन्टाईनमा आउन आग्रह गरे पनि बेवस्ता गरिए पछि उनीहरुको खोजी गरिएको बिजय नगर गाउपालिकाका प्रमुख गोपाल थापाले बताए ।
आफनो पालिकामा ३ सय ९३ को् लगत सकलन गरिएको उनले बताए । त्यस्ता घरमा रोतो चिन्ह लगाउने काम समेत सुरु भएको उनले बताए । कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण फैलिए पछि हालसम्म आएका व्यक्तिहरुको घरमा उनीहरुको पहिचानका लागि रातो चिन्ह राख्न लागेको उनले बताए । बिजयनगर जस्तै जिल्लाका अन्य नौ पालिकाले पनि भारत र बिदेशबाट फर्ककाहरुको खोजी गरी क्वारेन्टाईन पठाएको छ ।
यशोधरा गाउपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेयले आफुहरुले भारत र बिदेशबाट आउनेहरुलाई क्वारेन्टाईनमा बस्न आग्रह गरे पनि कयौले अटेरी गर्ने गरको गुनासो गरे । त्यस्ता ब्यक्तिहरुकालागि प्रहरीसंग समन्वय गरी अघि बढेको उनले बताए ।पैजिअ दीर्घ नारायण पौडेलले भारत र बिदेशबाट फर्केकाहरुलाई निग्रानी गरी क्वारेन्टाईन पठाउन पालिकाहरुसंग समन्वय गरिएको बताए ।
‘ बिदेशबाट फर्ककाहरुमा कोरोना संक्रमण हुन सक्ने भएकाले त्यस्ता ब्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्नु पर्छ ’ उनले भने । सोमवार साझ सम्म १० पालिकामा २ सय ४२ क्वारेन्टाईन निर्माण भई सकेको छं । जसमा बिदेशबाट फर्केका १ सय ८२ जनालाईै राखिएका छन । त्यस मध्ये ५ जना घर फर्किसकेका छन । जिल्लामा आईसुलेशन बेड निर्माण गरिएका छन ।