गृहपृष्ठ खबर बुटवलमा नै एकै दिन एकहजार जनासम्मको कोरोना परीक्षण हुने

बुटवलमा नै एकै दिन एकहजार जनासम्मको कोरोना परीक्षण हुने

विश्वमा नै महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात् कोभिड १९ जाँच गर्न उपत्ययका जानु पर्ने बाध्यता टर्ने भएको छ । कोभिड – १९ चीनबाट ल्याएको पाँच वटै प्रोटेवल पिसिआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाएर सेवा सुरु गर्ने तयारी भएसंगै अब कोरोना जाँच गर्न काठमाण्डौँ जानु पर्ने बाध्यता टरेको हो ।

कोभिड – १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालका अनुसार एकै दिनमा एक हजार जनाको जाँच गर्ने गरी तयारी भएको जानकारी दिनुभयो ।
सरकारले तत्काल सञ्चालन गर्नसक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याव र स्तरोन्नती गर्नुपर्ने स्थानमा प्रोटेवल पिसिआर ल्यावबाट जाँच सुरु गर्न पनि उहाँले जानकारी दिनुभयो । सरकारले जाचँलाई तिव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्लाली प्रदेशको सुर्खेत र सुदुरपश्चिमको धनगढीबाट तत्काल प्रोटेपवल पिसिआरबाट जाँच सुरु गर्ने तयारी गरेको छ ।
हाल उपत्यका बाहिरको लागि धरानमा परीक्षण सुरु भइसकेको छ भने हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याव तत्काल सञ्चालन गर्नसक्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
खनालले उपत्यका बाहिर स्तरोन्नती गरी कोविड १९ परीक्षण गर्नसक्ने प्रयोगशालाको अध्ययनका लागि टोली गइसकेको जानकारी दिनुभयो । मंगलबारबाट पोखरामा प्रोटेवल मेसिनबाट कोविड १९ जाँच सुरु गरिसकिएकाले अब बाँकी तोकिएका स्थानबाट कोरोना जाँच गर्ने मन्त्रालयले तयारी छ ।

सम्बन्धित् समाचार