गृहपृष्ठ खबर नेपालमा ११ सय ३३ कोरोनाका नमुना परीक्षण, ५ बाहेक सबैको रिपोर्ट नेगेटिभ

नेपालमा ११ सय ३३ कोरोनाका नमुना परीक्षण, ५ बाहेक सबैको रिपोर्ट नेगेटिभ

प्रकाशित मिति:

सरकारले बुधबारसम्म नेपालमा ११ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको जनाएको छ। ५ बाहेक सबैको रिपोर्ट नेगेटिभ अाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्‍तर्गत स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा.विकास देवकोटाले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा हालसम्म देशभरी एक हजार एक सय ३३ जना शंकास्पद बिरामीको मात्र कोरोना भाइरसको नमुना परीक्षण गरिएको जानकारी दिएका हुन्।

सरकारले सुरु गरेको कल सेन्टरमा हालसम्म २ हजार ३ सय जनाले रिपोटिङ गरेको र त्यसमध्ये १२–१३ जनाको लक्षण मात्र कोरोना भाइरससँग मिलेकोले उनीहरूको पनि परीक्षण गर्ने तयारी गरिएको उनले बताए।

सम्बन्धित् समाचार