गृहपृष्ठ खबर दिल्लीको धार्मिक सभामा सहभागी भएको आशंकामा पर्सामा ११ जना नियन्त्रणमा

दिल्लीको धार्मिक सभामा सहभागी भएको आशंकामा पर्सामा ११ जना नियन्त्रणमा

भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलाउन भूमिका खेलेको मानिएको धार्मिक सभामा सहभागी भएको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको कञ्चनपुर टोलमा रहेको मस्जिदमा रहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु सबै रौतहटका हुन् । सबैलाई वीरगञ्जस्थित सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै दिल्लीको धार्मिक सभामा गएको वा नगएको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

मार्च १ देखि १५ सम्म दिल्लीमा भएको धार्मिक सभामा २० जना नेपालबाट आएको र त्यहाँ रहेका १३ विद्यार्थी पनि सहभागी भएको यसअघि खुलेको थियो । तर उनीहरु दिल्लीमै छन् । धार्मिक सभामा गएकामध्ये थप ७ जना सप्तरीमा पनि भेटिएका छन् ।

सम्बन्धित् समाचार