कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन जारी रहेको बेला कपिलवस्तु जेसिजले सञ्चालन गरेको घरघरमा डाक्टर अभियानको तेस्रो दिन आज विभिन्न बस्तीमा सचेतना फैलाउने र आवश्यक देखिए चेकजाँच गर्ने कार्य भएको छ । आज वाणगंगा नगरपालिका वडा नं. ८ सिसहनियाको अति विपन्न बस्तिमा घरघरमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराईएको अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिए ।
कतिपय नीजि र सरकारी अस्पत्तालका चिकित्सक ज्वरो आएको विरामी भन्दा साथ नजिक नपर्ने गरेको चर्चाका बीच जेसिजले घरघरमा चिकित्सकको टीम सहित पुगेर कोरोनाका लक्षणवारे सचेतना फैलाउने र आवश्यक देखिए चेकजाँच गर्ने अभियान चलाएको हो ।
जेसीजको युवा टोलीले वाणगंगा नगर संगको समन्वय तथा राजापानी सामुदायिक वन, कपिलवस्तु सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा वडा नं ३ मा घरघरमा डाक्टर अभियान मार्फत घरदैलो कार्यक्रम संचालन गरेको हो । आजको अभियानमा कपिलवस्तु सामुदयिक अस्पतालका सिनियर डाक्टर दिपेन्द्र चन्द र पारामेडिक्स दुर्गा भुसाल, बाणगङ्गा नगरपालिका वडा नं. ८ का अध्यक्ष, कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष गुणनिधि भुसाल लगायतको उपस्थिती रहेको थियो ।