गृहपृष्ठ खबर कपिलवस्तुकाे शुद्धोधनमा आगलागी , दुई घर एक गोठ जलेर नष्ट

कपिलवस्तुकाे शुद्धोधनमा आगलागी , दुई घर एक गोठ जलेर नष्ट

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाकाे शुद्धोधन गाउपलिका वडा नम्बर २ भुसुडीमा आगलागी भएको छ । आगो लागे दुईवटा घर र एउटा गोठ जलेर नष्ट भएको छ। रामबृक्ष धोबीको घरमा खाद्यान्न ,लत्ता कपडा र नगद समेत जलेर नष्ट भएको छ भने गोठमा रहेको एउटा भैंसी र चारवटा बाख्राको जलेर मृत्यु भएको छ ।

सोही वडामा रहेको रामरछु धोबीको घर पनि जलेर नष्ट भएको छ आगलागी बाट धनमालको नष्ट भए पछि उनिहरूको दैनिकी कष्टकर बनेको छ ।

हिजो मात्र कपिलवस्तुकै बिजयनगर गाउँपालिकामा आगलागी हुँदा ४० घर ,गोठमा आगलागी भएको थियो ।
गर्मी मौसमको शुरूवात संगै तराई क्षेत्रमा आगलागीका घटनाहरू बढ्न थालेका छन् ।

सम्बन्धित् समाचार