वैखरी अनलाइन बुद्धभूमि,
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको छl यस जोखिमबाट बच्न देशलाई नै लकडाउन भएका बेला जिल्लाको बुद्धभुमी नगरपालिका २ गोरुसिंगेमा रहेको श्री कस्मिक वचत तथा ऋण सहकारी संस्था लि ले कार्जा लिएका आफ्ना सदस्यहरुको एक महिनाको व्याज छुट दिने निर्णण गरेको छ ।
शुक्रवार बसेको बैठकले कर्जा लिएका आफ्ना सदस्यहरुबाट एक महिनाको व्याज नलिने र वुद्धभुमी नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा ५ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको अध्यक्ष मुकुन्द प्रसाद पौडेलले वताउनु भयो । कोरोनाक कारण भएको विपद्को माहामारी वाट राहत दिनका लागी सहकारीले सहयोग गरेको संस्थाका सचिव सुमन कुमार प्रधानले बताउनु भयो ।कस्मिक सहकारी संस्था युवा द्वारा संचालित सहकारी संस्था हो ।









