कपिलवस्तु जेसिज बर्ष २०२० नेपाल जेसीजको नजरमा धन्यवादको पात्र बन्न सफल भएको छ । जेसीज बर्ष २०२०ले देशका १५६ शाखा मध्यमा सबैलाई उछिन्दै उत्कृष्ट कामका आधारमा धन्यवादको पात्र बनेको हो ।
विश्व कोरोना भाईरसले आतंकित वनेका बेला जिल्ला शाखा कपिलवस्तुले सहयोगि भावनाका साथ घर–घरमा डक्टर अभियान चलाएको छ । उक्त कार्यको कदर स्वरुप नेपाल जेसीजले धन्यवादको पात्र घोषणा गरेको हो ।
कपिलवस्तु जेसिज बर्ष २०२०ले गरेका बिभिन्न कार्यहरुले नेपाल जेसीजको मन जित्दै गएपछि उपाधिको हकदार भएको छ । नेपाल जेसीजले जिल्ला शाखा कपिलवस्तुलाई उत्कृष्ट कार्य गरेबापत धन्यवादको पात्र घोषित गरेको कपिलवस्तु जेसीज बर्ष २०२०का अध्यक्ष मनोज कुमार खत्रीले जानकारि दिए ।
देशका १५६ शाखा मध्यमा उत्कृष्ट कार्य घोषित भएपछि अझै कार्य गर्ने हौसला बढेको उनको भनाई छ । यसले जेसीजको मात्र नभएर जिल्लाकै नामलाई उचो बनाएको छ । जिल्लामा सम्बद्ध जेसीज मनहरुलाई हर्षित तुल्याएको कपिलवस्तु जेसीज बर्ष २०२०का महासचिव प्रविन पौडेलले जानकारि दिए ।