कोरोनाको आशंका गरीएर कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचार गराई रहेका एक बिरामीको मृत्यु भएको छ । जिल्लाको बिजयनगर गाउँपालिका– २ जलैयाका ३० बर्षीय गोभर्धन भरको मृत्यु भएको अस्पतालका मेडिलक सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिएका छन् ।
यी विरामीलाईको स्वाव परिक्षणका लागि बुटवल पठाइए पनि अझै रिर्पोट आएको छैन । उनी केही दिनदेखी गम्भिर विरामी भएपछि कोरोनाको आशंका गरीएर कपिलवस्तु अस्पताल भर्ना गरिएको बताईएको छ ।
उनको के कति कारणले मृत्यु भएको हो भन्ने कुराको पुष्टि रिपोर्ट आएपछि मात्र पत्ता लाग्ने बताईएको छ ।