गृहपृष्ठ खबर कपिलवस्तु अस्पतालको आईसुलेशनमा रहेका बिरामीको हृदयघातबाट मृत्यु

कपिलवस्तु अस्पतालको आईसुलेशनमा रहेका बिरामीको हृदयघातबाट मृत्यु

कोरोना आशंकामा कपिलवस्तु अस्पालतालको आईसुलेशनमा उपचार गराईरहेका एक बिरामीको मृत्यु भएको छ ।
सोमवार सांझ ८ बजे बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको अस्पतालका मेडिलक सुप्रीटेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए ।
फाक्सो र मुटुले काम गर्न छाडेपछि भरको मृत्यु भएको बताईएको छ ।

भरको स्वाब परिक्षणका लागि बुटवलमा २ दिनअघि नैपठाईएको थियो । तर अझै रिपार्ट आई नसकको उनले बताए । मृतक गत शुक्रवार देखि आईसलेशनमा रहेका थिए । क्षयरोग लागेर बिशेष भएका भरको ह्रदयघातका कारण मृत्यु भएको बन्जाडेले बताएका छन् । ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरे पछि भरलाई चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल पठाईएको थियो । भरको शवलाई अस्पतालको फ्रीज घरमा राखिएको छ । रिपार्ट आए पछि मात्र शवलाई परिवारको जिम्मा लगाईने बन्जाडेले बताए ।

सम्बन्धित् समाचार