गृहपृष्ठ खबर लकडाउन थपिए संगै कपिलवस्तु प्रहरीले पनि थप कडाई गर्दै

लकडाउन थपिए संगै कपिलवस्तु प्रहरीले पनि थप कडाई गर्दै

प्रकाशित मिति:

सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गर्नेलाई प्रहरीले थप कडाई गरेको छ । सरकारले लकडाउन थप गरेसंगै विना काम सवारी चलाउनेहरुलाई प्रहरीले पनि थप कडाई गरेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको हो । कपिलवस्तुको चार नम्बर जितपुर चोकमा थप सुरक्षाकर्मीहरु परिचालन गरि सुरक्षा व्यवस्था कडाई गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

खाद्यान्न, औषधी, ग्यास लगायतका दैनिक उपभोग्य सामग्रीहरु खरिदबाहेक अन्य कामका लागि घरबाट निस्कने यातायातका सवारी साधन रोकी बाटोमै परामर्श समेत दिने गरेको पिपराका प्रहरी निरिक्षक आयुष प्रसाद जोशीले बताए ।

मंगलबार मात्रै वाणगंगा लकडाउन उल्लङ्घन गर्ने ८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । हरेक साँझ तथा विहानमा मर्निङ वाकका लागि निस्कने व्यक्तिहरुलाई सचेत गराउन भित्रि क्षेत्रको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाईएको छ । कोरोना भाइरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लङ्घन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिन आदेश दिइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताएका छन् ।

उनले नाकाहरुमा सशस्त्र प्रहरीहरु थप गरि सीमानाकाको सुरक्षामा कडाई गरिएकाले अन्य देशका नागरिकहरुको आवागमन शुन्य रहेको बताए ।

सम्बन्धित् समाचार