गृहपृष्ठ खबर अलपत्र परेका मजदुरहरुलाइ कपिलवस्तुको जितपुरमा निशुल्क भोजन

अलपत्र परेका मजदुरहरुलाइ कपिलवस्तुको जितपुरमा निशुल्क भोजन

प्रकाशित मिति:

गुल्मीबाट दाङ्गका लागि हिडदै जान आटे मजदुरहरुलाई आज कपिलवस्तुको ४ नं मा निशुल्क खाना खुवाईएको छ ।
लकडाउनका कारण देश भरिनै निर्माणको काम रोकिएपछी सोमबार गुल्मीबाट दाङ आ आफ्ना घर हिडेर जान लागेका २० जना मजदुरलाई तरुण दल, नेपाल विधार्थी संघ कपिलवस्तुको पहलमा ४ नं का स्थानिय नेत्र पौडेलले खाना खुवाएका हुन् ।


४ नं स्थित प्रतिक्षालयमा विश्राम गरिरहेका युवा युवती केटा केटी लाई देखेपछी तरुण दल कपिवलस्तुका युवाहरुले सोधपुछका क्रममा आफुहरु २ दिन अधि गुल्मीबाट रातदिन लगाएर हिडेर यहाँ सम्म आएको उनिहरुले बताएका थिए ।

करिव १२ बजेको समयमा आएका उनिहरुलाई स्थानिय ले खाना खुवाएर पठाएका हुन् । उनिहरुलाई खाध्यन्न लिएर दाङ जादै गरेको ट्रकमा व्यवस्थापन गरि घर पु¥याउने तयारी भैरहेको विधाथी संघका नेता दिनेश क्षेत्रीले जानकारी दिए । खाना खाईसकेपछी केहि मजदुरहरुले गलामा आसुका ढिक्का निकाल्दै धन्यवाद दिएका थिए ।

सम्बन्धित् समाचार