गृहपृष्ठ खबर राहत वितरणमा बाणगंगा नगरपालिकाको ढिलाई, गरिव परिवार समस्यामा

राहत वितरणमा बाणगंगा नगरपालिकाको ढिलाई, गरिव परिवार समस्यामा

प्रकाशित मिति:

सरकारले घोषणा गरेको लकडाउनको समय दुई हप्ता वितिसक्दा सम्म पनि कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले गरिव परिवारलाई राहत बाड्न सकेको छैन । नगरपालिकाको दैवी प्रकोप कोषमा विभिन्न संघ संस्थाहरुले सहयोग गरेपनि नगरले भने चुलो वल्न छोडेका नागरिकलाई राहत बांड्न ढिलाई गरेको स्थानियले गुनासो गरेका छन् ।

नगरमा खाद्यान्न टेन्डर चैत्र २३ गते स्विकृत भएको थियो । टेन्डर स्विकृत भएको चार दिन बितिसक्दा सम्म नगरपालिकाले अझै राहत वितरण नगर्दा विपन्न परिवार चिन्नित बनेका छन् । जिल्लाका अन्य स्थानिय तहले राहत वितरण गरिरहदा वाणगंगाका दिनभर काम गरि साँझको छाक टार्ने गरिव, विपन्न तथा मजदुरहरु भने नगरले कहिले राहत बाड्छ भन्दै नगरतिर हेरिरहेका छन् ।

केहि वडाहरुले राहत वितरण गरेपछि नगरपालिकाले एकद्धार प्रणालीबाट व्यवस्थित रुपले राहत वितरण गर्ने निर्णय गरि अन्य संघ संस्थाहरुलाई राहत वितरणमा रोक लगाई सहयोग रकम तथा सामग्री संकलन गरेपनि राहतको प्रक्रियालाई अझै सुरु गर्न सकेको छैन । जसले गर्दा गरिव, मजदुरहरुको घरमा चुल्हो बल्न नसक्ने अवस्था छ ।

सम्बन्धित् समाचार