विश्वव्यापी रुपमा रहेको कोरोना भाईरस अर्थात् (कोभिड–१९) को डरले निजि अस्पतालहरुले उपचार गर्ने नमानि रहेको अवस्थामा कपिलवस्तु जेसिज बर्ष २०२० ले “घर घरमा डाक्टर अभियान ” चलाएको छ । अभियानको शुक्रवार आठौं दिन पनि जेसिजले वाणगंगा वडा नम्वर ५ मा उतिकै सक्रियताका साथ काममा खटिएको देखियो । अभियानको आठौ दिनमा कपिलवस्तु सामुदायिक अस्पतालको प्राविधिक सहयोग ,नेपाल रेडक्रस सोसाईटी बाणगङ्गा उपशाखा , मधौलिया टोल विकास संस्थाको विशेष सहयोग एवम बाणगङ्गा नगरपालिका वार्ड न ५ को समन्वय रहेको थियो ।

बाणगङ्गा नगरपालिका वडा नम्बर ५ का अति विपन्न शान्ती टोल,वैकुण्ठपुर र ब्याडाको बस्तिवस्तिमा पुगेर जेसिजले आफ्नो “घर घरमा डाक्टर अभियान ” को आठौं दिन सफल पारेको
कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिए ।
अभियानमा कपिलवस्तु सामुदयिक अस्पतालका सिनियर डाक्टर दिपेन्द्र चन्द, पारामेडिक्स दुर्गा भुसाल, बाणगङ्गा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष भिष्मराज भुसाल , वार्ड सदस्य कृष्ण चौधरी , मधौलिया टोल विकास संस्थाका अध्यक्ष नन्दराम पोख्रेल, नेपाल तरुण दल क्षेत्र न. १ का सचिव गोविन्द प्रसाद आचार्य, सिद्धार्थ क्याम्पसका पूर्व स्व.वि.यु. सभापति कमल भट्टराई , मधौलिया सामुदायिक वनका अध्यक्ष श्री षडानन्द खनाल र महिला नेत्री श्री धनु अधिकारी लगायतको सक्रियता रहेको थियो ।

कार्यक्रममा थर्मागन मेसिनद्धारा ज्वरो नाप्ने, अन्य समस्याहरु सोध्ने गरिएको कपिलवस्तु जेसिज अध्यक्ष मनोजकुमार खत्रीले जानकारी दिए ।
अभियानमा सावुन वितरण गरिनुका साथै सावुनपानिले हात धुन सिकाइएको कार्यक्रम संयोजक संस्थाका महासचिव प्रविन पौडेलले जानकारी दिए ।
कोरोना महामारीको समयमा कपिलवस्तु जेसिजले उदारहणिय काम गरेको भन्दै नेपाल जेसिजले विज्ञप्तिमार्फत बधाई दिईसकेको छ । अध्यक्ष खत्रीले आवश्यकता अनुसार अन्य वडामा पनि यो कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । अस्पताल नगई घरमै आएर स्वास्थ्य जाचँ गर्दा वाणगंगा नगरपालिका वडा नं. ५ का स्थानिय अत्यन्तै खुशि भएको एक स्थानियले बताए ।









