
बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले जस्तो सुकै परिस्थिती आएता पनि नगर भित्रका नागरिकलाई भोकै बस्नु नपर्ने बाएका छन् । नगर प्रमुख थारुले वैखरी अनलाइनका प्रधान सम्पादक संगको फोन कुराकानिमा यस्तो वताएका हुन् ।
कोरोना भाईरसको माहामारि बाट जोगिन सरकारले गरेको लकडाउन जतिनै लम्बिए पनि आफ्ना अति विपन्न र गरिब नागरिकहरु कहिल्यौ भोको हुन नदिने उनले दाबि गरे । यद्यपि बाणगंगा नगरपालिकाले शुक्रवार देखि पहिलो चरणको राहत वितरण गर्न सुरु गरिसकेको छ । सरकारले घोषणा गरेको लकडाउन लम्बिए संगै गरिव परिवारलाई एकद्धार प्रणालीबाट राहत वितरण गर्ने नगरपालिकाको निर्णय बमोजिम राहत बाड्न सुरु गरिएको हो । उनले भने प्रक्रियागत ढंगबाट जान खोज्दा केहि ढिलाई भएको हो । यसलाई नागरिकहरुले सकारात्मक सोचले सोचिदिनुहून आग्रह समेत गरेका छन् ।









