गृहपृष्ठ खबर मायादेवि अनलाइनको समाचारप्रति पत्रकार महासंघले गम्भिर असहमति जनायो ,

मायादेवि अनलाइनको समाचारप्रति पत्रकार महासंघले गम्भिर असहमति जनायो ,

प्रकाशित मिति:

कपिलवस्तु, २९ चैत्र

प्रेस काउन्सील नेपालले मायादेवि अनलाइनलाई तथ्यहिन र भ्रमक समाचार छापेको भन्दै ३ दिनको म्याद जारी गरि कारवाही प्रक्रिया अघि बढाएको छ । अकोरावको कुनैपनि भेलामा सहभागि नभएको अवस्थामा सामुदायिक रेडियो बुद्ध आवाजका ब्यवस्थाक भेषराज पाण्डेलाई एकोरावलाई बदनाम गराउन लागेको भन्ने निराधार आरोप लगाएको भन्दै तीन दिन भित्र उक्त समाचारको खण्डन गरि काउन्सीललाई पठाउन प्रेस काउन्सीलले निर्देशन दिएको हो ।

अपराध संहिता २०७४को प्रावधान अनुसार कसैको अनुमति विना फोटो खिच्न र प्रकाशन गर्न ,सम्वन्धित ब्यक्तिको प्रतिकृया नलिई समाचार लेख्न नहुने स्पष्ट पार्दै त्यस्तो कार्य पत्रकार आचार संहिता विरुद्ध हुने भन्दै काउन्सीलले मायादेवि अनलाईन र त्यसका सम्पादक चन्द्रकान्त न्यौपनेलाई तीन दिनको म्याद दिएको हो ।उपप्रशासकिय अधिकृत राम शरण बोहराको हस्ताक्षरमा भ्रामक समाचार लेख्ने मायादेवि अनलाइनलाई कडा पत्र काटिएको हो । चैत्र २९ कै मितिमा ८३९ नम्वरको पत्रवाट सो अनलाइनलाई तीन दिनको म्याद दिइएको छ । तीनदिन भित्र पत्रकार भेषराज पाण्डेले लेखेको खण्डन हुवहु नछापे काउन्सीलले अर्को कदम चाल्न सक्ने औल्याइएको छ । सो अनलाइनलाई कालो सूचीमा राख्ने र वन्द गर्नका लागि सिफारिश गर्ने सम्मको अधिकार काउन्सीलमा रहेको छ ।

यता नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले मायादेवि अनलाइनले अकोरावको वदनाम गर्न पाण्डे र पोख्रेल सकृय भएको भन्दै कारवाहीमा परेका संयोजकको हवला दिएर समाचार प्रकासित गर्ने मायादेवि अनलाइनलाई उक्त निराधार समाचार तत्काल खण्डन गर्न विज्ञप्ती मार्फत आग्रह गरेको छ ।महासंघका जिल्लाअध्यक्ष डिलाराम भुसालले मायादेवि नसच्चिएमा भविश्यमा हुने कानुनी कारवाही प्रति महासंघ कुनै जिम्मेवार नहुने प्रष्टाएको छ ।

पत्रकार महासंघका पूर्व अध्यक्ष भेषराज पाण्डे र सदस्य गणेश पोख्रेलप्रति लगाइएको आरोपको महासंघले खण्डन गरेको छ ।

 

यता कपिलवस्तुका ७ रेडियोले मायादेवि एफएमका ब्यवस्थापक एवम अकोरावका कारवाही सिफारिस भएका कपिलवस्तु संयोजक चन्द्रकान्त न्यौपानेलाई एकोराव केन्द्रवाट तत्काल हटाएर कारवाही हुनुपर्नेमा पुन प्रतिवद्धता जनाएका छन् । रेडियो बुद्ध आवाजका निमित्त ब्यवस्थाक उमाशंकर चौधरी , रेडियो बाणगंगाका ब्यवस्थापक गणेश पोख्रेल, रेडियो परिवर्तनका ब्यवस्थापक दिलिप कुमार यादव ,रेडियो कपिलवस्तुका ब्यवस्थाक सोना खटिक ,रेडियो समानतका ब्यवस्थापक कृष्णगैरे ,रेडियो शिराजका ब्यवस्थापक दिपक केसी र रेडियो भ्वाइसमा सिता बेल्वासेले न्यौपाने कारवाहीमा पर्नु पर्ने जोडदार प्रतिवद्धता दोहोराएका छन् ।

उहाहरु ७ जना ब्यवस्थाकको उपस्थितीमा भएको भेलाले सामुदायिक रेडियोहरु प्रति प्रगतीशिल पत्रकार संघ कपिलवस्तुले अशोभनिय विज्ञप्ती निकालेर चन्द्रकान्त न्यौपाने वचाउ गर्न खोजेको भन्दै उक्त समाचार खण्डन गरेर माफि नमागे सम्म प्रगतीशिल पत्रकार संघ , र उसको मातृपाटी जनमोर्चाका सबै समाचार बहिस्कार गर्ने जनाएका हुन् ।

सम्बन्धित् समाचार