गृहपृष्ठ खबर बाणगंगा नगरपालिकालाई श्रृङ्गीघाट सामुदायिक वनको अहिले सम्मकै धेरै सहयोग

बाणगंगा नगरपालिकालाई श्रृङ्गीघाट सामुदायिक वनको अहिले सम्मकै धेरै सहयोग

बाणगंगा नगरपालिकाको राहत कोषमा अहिले सम्मकै उत्कृष्ट सहयोग श्रृङ्गीघाट सामुदायिक वनले गरेको छ । वनले नगरपालिकाको दैवि प्रकोप कोषमा यसरि सहयोग गरेको हो । नगरपालिकाले सञ्चालन गरेको दैवि प्रकोप कोष खातामा श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समिति ले रु ५ लाख जम्मा गरेको नगरपालिकाले जनाएको छ ।

वनले विश्व कोरोनाले आतंकित वनेको समयका सरकारले लकडाउनको घोषणा गरेको अवस्था छ । सोहि अवस्था कायमै रहदा बाणगंगा नगरपालिकाका कुनै पनि अति विपन्न नागरिकहरु भोकै बस्न नपरोस भन्नका लागि वनले सहयोग गरेको श्रृङ्गीघाट सामुदायिक वनका अध्यक्ष रेनु सेनले बताईन् ।

उनले भनिन हामि हाम्रो नगरले आह्वान गरेका कुनैपनि कामहोस अथवा सहयोग जुनसुकै कुरामा पनि सेवाका भावनाले खटिन तयार छौ । यस्तो विषम परिस्थितीमा सवैको हातेमाले र सहयोगको आवश्यक हुन्छ त्यसरिनै हामि नागरिकहरुलाई सहयोग पुगोस भन्नका लागि सहयोग गरिरहने उनको भनाई छ ।

बाणगंगा नगरपालिकाले एक चरणको राहत वडाभित्रका टोलटोलहरुमा समेत पुर्याई सकेको छ । नगरपालिकामा विपद व्यवस्थापनका लागि वितरण गरिने नगद तथा सामाग्रीहरुका लागि ईच्छुक संघ संस्था वा व्यक्तिहरुले नगद नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक जितपुर शाखाको खाता नं. ३५३००००५८००१ मा जम्मा गर्न र खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री र स्वास्थ्य सम्बन्धि सामाग्रीहरु भने नगरपालिकाको कार्यालय मार्फत सहयोग गर्नका लागि नगरपालिकाले सबैलाई अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार