गृहपृष्ठ खबर इन्द्रेणी सामुदायिक बन उपभोक्ता समितिद्वारा विजयनगरलाई खाद्यान्न हस्तान्तरण

इन्द्रेणी सामुदायिक बन उपभोक्ता समितिद्वारा विजयनगरलाई खाद्यान्न हस्तान्तरण

कपिलवस्तुको इन्द्रेणी सामुदायिक बन उपभोक्ता समिति लोहरौलाले शनिवार विजयनगर गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ । बन उपभोक्ता समितिले १० क्युन्टल चामल, १ क्युन्टल दाल, १ क्युन्टल आलु, १० लिटर तेल, र ५० किलो नुन लगायत सामग्रीहरु गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापालाई हस्तान्तरण गरिएको बन उपभोक्ता समितिका अध्यक्ष बनवारीलाल चौधरीले जानकारी दिनुभएको छ ।


गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा राहत स्वरुप खाद्यान्न प्रदान गरेको अध्यक्ष चौधरीले बताउनुभयो । यस विषम परिस्थितिमा इन्द्रेणी सामुदायिक उपभोक्ता समितिले अत्यावश्यक खाद्यान्न उपलब्ध गराई सराहनीय कार्य गरेकोमा गाउँपालिका अध्यक्ष गोपाल बहादर थापाले धन्यावाद दिनु भएको थियो ।
अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लगाएको लकडाउनको चपेटामा परेका गरिब, विपन्न र गरी खाने मजदूर वर्गका लागि राहत स्वरुप उक्त खाद्यान्न हस्तान्तरण गरिएको उपभोक्ता समिति लोहरौलाले जनाएको छ ।

इन्द्रेणी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बनवारीलाल चौधरी, उपाध्यक्ष पल्टीराम चौधरी र सचिव शिवपूजन चौधरी लगायतको उपस्थितिमा खाद्यान्न  हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित् समाचार