गृहपृष्ठ खबर काठमाण्डौमा बस्ने एकै परिवारका ३ जना कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरियो

काठमाण्डौमा बस्ने एकै परिवारका ३ जना कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरियो

प्रकाशित मिति:

काठमाण्डौको पेप्सिकोलामा बस्ने एकै परिवारका ३ जनालाई कोरोना भाइरस सङ्क्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको छ ।र्यापिड टेष्टमा पोजेटिभि देखिएपछि उनीहरुलाई ललितपुरको पाटन अस्पतालमा लगिएको छ । उनीहरुको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन लागिएको जानकारी आएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार बेलायतबाट आएका हुनाले उनीहरुको स्वास्थ्यबारे यसै भन्न सकिने अवस्था छैन । कोरोनाको आशंका गरिएका ३ जना केही समय अगाडि मात्रै बेलायतबाट नेपाल आएका थिए ।

सम्बन्धित् समाचार