गृहपृष्ठ खबर सनसिटीका ५ सय १० परिवार त्रासमा, संक्रमितमा कुनै लक्षण नदेखिएको भनाई

सनसिटीका ५ सय १० परिवार त्रासमा, संक्रमितमा कुनै लक्षण नदेखिएको भनाई

प्रकाशित मिति:

पेप्सीकोला–टाउनप्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा एकै परिवारका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि अपर्टामेन्टभित्र त्राश छाएको छ । त्यहाँ बस्ने ५ सय १० परिवारका करिब १५ सय जना अहिले कडा क्वारेन्टाइनमा छन् । अपार्टमेन्ट वरिपरीका बासिन्दा पनि घरबाट बाहिर निस्केका छैनन् ।

गत ५ गते बेलायतबाट नेपाल आएका आमा, छोरा र बुहारी यस अपार्टमेन्टको ‘ए’ ब्लकको १४ औं तल्लामा बस्दै आएका थिए । आमा ८१ वर्षीया, छोरा ५८ वर्षीय र बुहारी ५२ वर्षिया हुन् । उनीहरुमध्ये आमा र छोरामा कोभिड–१९ पुष्टि भएको छ । र्‍यापिड टेस्टमा छोरालाई पनि पोजिटिभ देखाएको थियो तर, टेकु योगशालामा गरिएको पीसीआर टेस्टमा नेगेटिभ देखियो । अपार्टमेन्टमा ६ वटा ब्लकहरू रहेका छन् । संक्रमितहरु बस्ने ब्लकमा करिब एक सय परिवार बस्छन् । एउटा फ्ल्याटमा ६ वटा परिवार बस्छन् । ब्लकका सबैले साझा लिफ्ट प्रयोग गर्छन् ।

संक्रमित परिवार पछिल्ला दिनमा तल कम्पाउन्डमा ओर्लनुका साथै विभिन्न मले गेटबाट बाहिर पनि निस्किने गरेको ‘ए’ ब्लकमै बस्ने एक महिलाले ताइन् । परिवारसँग एउटा कुकुर पनि थियो । परिवारका व्यक्तिहरुले कुकुर लिएर तल कम्पाउन्डमा डुलाउने पनि गर्थे ।

सरकारले लकडाउन घोषणा गरेपछि बाहिरी पाहुनालाई अपार्टमेन्टभित्र पस्न रोक गाइएको थियो । तर, अपार्टमेन्टभित्रका व्यक्तिहरु भने दुध, पानी, तरकारीलगायत अत्यावश्यक वस्तुहरु खरिद गर्न मूलगेट बाहिर निस्किनुपर्थ्यो ।

हिजो रातिबाट भने कसैलाई पनि बाहिर निस्किन दिइएको छैन । अहिले अपार्टमेन्टभित्र स्यानिटाइज गर्ने काम भइरहेको छ । छतमा जाने बाटो पनि बन्द गरिएको छ । सबैजना आफ्नो कोठाबाट झ्यालबाट बाहिर नियालिरहेका छन् । अपार्टमेन्ट बाहिर सानो संख्यामा प्रहरी तैनाथ गरिएको छ । सोही अपार्टमेन्टमा बस्दै आएकी नायिका बेनिशा हमालले भनिन्, ‘यहाँ बस्नेहरू सबैजना मानसिक त्रासमा हुनुहुन्छ । तर, प्रहरी र स्थानीय तहले राम्रोसँग अनुगमन गरिरहनु भएको छ ।’अपार्टमेन्ट सिल गरिएपछि यहाँभित्रका बासिन्दाहरू दैनिक उपभोग्य सामानहरुको आपूर्तिको पनि चिन्तामा छन् ।

 

यद्यपि, समितिले यसको व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । भित्रबाट आवश्यक सामानका सुची टिपाउने, पसलवालाले मुल गेटमा ल्याएर राख्ने र त्यहाँबाट सबैले पालैपालो लैजाने गरि व्यवस्था मिलाउन छलफल भइरहेको समितिका एक सदस्यले बताए । जारको पानी भने भित्रैबाट वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित् समाचार