अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन कपिलवस्तुले अहिले लक डाउनको मौका छोपेर तस्करहरुले सार्वजनिक सम्पत्ती, नदिजन्य पदार्थ तस्करी गर्ने, काठ तस्कर गर्ने तथा व्यापारीहरुबाट अत्यावश्यक सामाग्रीहरुमा भएको कालोबजारी नियन्त्रण गर्न सम्बन्धित पक्षको ध्यान आकर्षण गर्दे प्रेस बिज्ञप्ती निकालेको छ ।
अनेरास्ववियू नेपाली बिद्यार्थी आन्दोलनको सर्वोच्च संगठन हो । यसले देशमा हरेक समय हुने गरेका वेथितिका बिरुद्ध र राजनैतिक परिवर्तनका घटनाक्रमहरुमा आफ्नो बलियो उपस्थिति देखाएको गर्विलो इतिहास साक्षी छ ।
अहिले विश्व समुदाय कोरोनाको महामारीबाट गुज्रिरहेको छ । यसको जोखिम नेपालमा पनी बढेपछि २०७६ साल चैत ११ गतेबाट नेपाल सरकारले यस महामारीबाट जुद्न देशभरी लकडाउनको घोषणा गरेको छ । अति आवश्यक काम बाहेक लक डाउनमा सबै नेपाली र कपिलवस्तुबासीले पनि लकडाउनको पालना गरी घरमै बसेर कोरोना माहामारीबाट जुद्न साथ दिइरहेका अनेरास्ववियू कपिवस्तुका संयोजक बाबुराम अर्याल र सह संयोजक दयाराम पौडेलद्धारा आज संयुक्त रुपमा जारी गरिएको प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ ।
ल्कडाउनको बेला नदिजन्य पदार्थ , काठ तस्कर एवं अत्यावश्यक सामाग्रीमा भएको कालाबजारी तथा महंगी गैर मानविय कार्य भएकाले प्रशासनले नियन्त्रणमा लिएर कारवाही गर्न र यस्ता खालका गैर कानुनी गतिबिधिहरुलाई रोक्न जोडदार माग गरेको छ साथै प्रेस बिज्ञप्तीमा सम्बन्धित पक्षबाट केहि हुन् नसकेको खण्डमा स्वम आफै हस्तक्षेप गरी त्यस्ता विकृत्तिको अन्तय गर्ने कुरामा जोड दिइएको छ ।