गृहपृष्ठ खबर तरुणदल र नेविसंघ क्षेत्र न.१ का युवाहरुले मजदुर यात्रुहरुलाई जितपुर चोकबाटै गरे उद्धार

तरुणदल र नेविसंघ क्षेत्र न.१ का युवाहरुले मजदुर यात्रुहरुलाई जितपुर चोकबाटै गरे उद्धार

प्रकाशित मिति:

हरी घिमिरे ,बैसाख २

तरुणदल र नेविसंघ कपिलवस्तु क्षेत्र न.१ का युवाहरुले काठमाण्डौ देखि पैदल आएका मजदुर यात्रुहरुलाई उद्धार गरेका छन । युवाहरुले काठमाण्डौ लगाएत विभिन्न ठाँउ वाट आएका पैदल मजदुर यात्रुहरुलाई कपिलवस्तु चार नम्बर चोक बाट उद्धार गरेका हुन् ।

कोरोना माहामारीका कारण सरकारले लकडाउन गरेको केहिदिन सम्म मजदुरहरु यथा स्थानमै बसेका थिए । लक डाउन दिन प्रतिदिन थपिन्छ भन्ने लागे पछि उनिहरु पैदल यात्रा गर्न बाध्य भएको ति मजदुरहरु बताउ छन् । मजदुरहरुलाई केखाने भन्ने समस्या भएपछि उनिहरु धेरै दिन लगाएर भएपनि आफ्नै घरमा पुगेपछि परिवार संगै दुःख सुख गरेर भएपनि बाच्न सकिन्छ भन्ने विश्वासले यात्रा तय गरेको उनिहरुको भनाई छ । मजदुरहरुले काठमाण्डौ देखि कैलालि सम्म पैदल पुग्न सकिन्छ भन्ने आसमै हिडेर कपिलवस्तुको चार नम्बर सम्म आई पुगे ।

नव र्बष अर्थात बैसाख १ गते चार नम्बर आएका उनिहरुलाई तरुणदल र नेविसंघ कपिलवस्तु क्षेत्र न.१ का युवाहरुले खाना खाने प्रबन्ध मिलाएका थिए । तर मजदुरहरु सुत्ने भने ठेगान थिएन सोहि सन्दर्भमा मजदुर यात्रि मध्यका एकजनाले युवाहरुलाई धन्यबाद दिदै भने रातको समयमा आउने गाडिले हामिलाई पुर्याई दिन सक्छ हामि प्रतिक्षलयमा गाडि कुरेरै बस्छौे । मजदुरहरुलाई आएका गाडिहरुले पनि लैजान मानेनन् उनिहरुले त्यहिँ प्रतिक्षलयमै बसे र रात गुजारे ।

बिहान भएपछि पुन तरुणदल र नेविसंघका युवाहरुले आफ्नै पहलमा उनिहरुलाई घरमा पुर्याईदिने भने पछि मजदुरहरु केहि हदसम्म खुसि देखिन्थे । जिल्लाको उत्तरि क्षेत्र चार नम्बर चोकमा न स्थानिय निकायका अगुवाहरुले मजदुरहरुलाई वास्ता गरे नत प्रहरि प्रसासनलेनै कसैले कहाँ बाट आएकोहो कहाँ जाने भन्ने समेत सोध्न सकेनन । तरुणदल र नेविसंघ कपिलवस्तुका युवाहरु गाडिको लागि दिनभर बाटोमै खटिरहेर उनिहरुलाई गाडिको व्यवस्था गरि धनगढि सम्म जाने ब्यवस्था मिलाईदिएको तरुणदल र नेविसंघ कपिलवस्तुले जानकारि दिएको छ ।

सम्बन्धित् समाचार