
हरी घिमिरे , बैसाख २
रोटरी, रोट्र्याक्ट क्लब अफ कपिलवस्तु मिड टाउनले बाणगंगा नगरपालिका लाई विभिन्न राहत सामग्री हस्तान्तरण गरेको छ । क्लवले मंगलबार बाणगंगा नगरपालिकाले संन्चालन गरेको एकद्धार प्रणालिको नियमलाई आत्मसाथ गर्दै राहत सामग्री प्रदान गरेको हो ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले लकडाउन घोषणा गरेसंगै गरिव परिवारलाई एकद्धार प्रणालीबाट राहत वितरण गर्ने नगरपालिकाको निर्णय बमोजिम राहत संकलन हुन थालेको हो । जसका लागि उपप्रमुख चक्रपाणि अर्यालको संयोजकत्वमा राहत वितरण समिति गठन गरिएको छ । नगरपालिका भित्रका राहत वितरणमा गरिव तथा असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुलाई पहिलो चरणको राहत वितरण भैसकेको छ ।
नगरपालिका भित्र पहिलो चरणमा राहत पाउने १ हजार ९ सय ३५ परिवार मध्ये ५ जना भन्दा माथिका ३ सय २६ र ५ जना भन्दा कमका १ हजार ६ सय ९ जना रहेको नगरपालिकाले जनाएको छ ।
रोटरी, रोट्र्याक्ट क्लब अफ कपिलवस्तु मिड टाउनले रु ५९ हजार मुल्य बराबरका खाद्य्यान्न तथा सरसफाईका सामग्रीहरु हस्तन्तरण गरेको छ । क्लवले यस महाविपत्तिको घडीमा सम्भावित अपराधिक घट्ना प्रति सचेत रहन सम्पुर्ण देशवासीमा ध्यानाकर्षण गर्दै शिघ्र कोरोना मुक्त विश्वको कामना गर्दै लकडाउनको समयमा हतोत्साईत नभई सतर्कता अपनाउन आग्रह गरेको छ ।
हस्तान्त्रण कार्यक्रममा रोटरि क्लव अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष बिरेन्द्र खाँण , संस्थापक अध्यक्ष लक्षमण अधिकारी, रोट्र्याक्ट क्लव अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष गणेस कार्कि, संस्थापक अध्यक्ष माधव पौडेल, रोटरि क्लवका निर्वतमान अध्यक्ष बासुदेव घिमिरे , समाजसेवि समिर सायर लगायत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।
नगरपालिकामा विपद व्यवस्थापनका लागि वितरण गरिने नगद तथा सामाग्रीहरुका लागि ईच्छुक संघ संस्था वा व्यक्तिहरुले नगद नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक जितपुर शाखाको खाता नं. ३५३००००५८००१ मा जम्मा गर्न र खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री र स्वास्थ्य सम्बन्धि सामाग्रीहरु भने नगरपालिकाको कार्यालय मार्फत सहयोग गर्नका लागि नगरपालिकाले सबैलाई अनुरोध गरेको छ ।









