गृहपृष्ठ खबर घर घरमा डाक्टर अभियानको एघारौं दिन, अस्पताल पुग्न नसकेका बालकको उपचार

घर घरमा डाक्टर अभियानको एघारौं दिन, अस्पताल पुग्न नसकेका बालकको उपचार

प्रकाशित मिति:

हरी घिमिरे ,बैसाख २
कपिलवस्तु जेसीज बर्ष २०२०को घर घरमा डाक्टर अभियानको एघारौं दिन गरिबिका कारण उपचारहुन नसकेका बाणगंगा वडा न. ६का १० बर्षिय बालकको उपचार गरिएको छ । बालकलाई उच्च ज्वरो आएकाले तुरुन्त कपिलवस्तु सामुदायिक अस्पतालमा उपचारका लागि पठाईएको हो । उपचार पछि बालकलाई घर लगिएको छ । विश्वव्यापी रुपमा रहेको कोरोना भाईरस अर्थात् (कोभिड–१९) को डरले निजि अस्पतालहरुले उपचार गर्ने नमानि रहेको अवस्थामा कपिलवस्तु जेसिज बर्ष २०२० ले घर घरमा डाक्टर अभियान चलाएको छ ।

अभियानको मंगलबार एघारौं दिन पनि जेसिजले वाणगंगा वडा नम्वर ६ मा उतिकै सक्रियताका साथ अभियानलाई तिव्रता दिएको थियो । अभियानको एघारौं दिनमा कपिलवस्तु सामुदायिक अस्पतालको प्राविधिक सहयोग,नेपाल रेडक्रस सोसाईटी बाणगङ्गा उपशाखा एवम बाणगङ्गा नगरपालिका वार्ड न. ६ को समन्वय रहेको थियो ।

बाणगङ्गा नगरपालिका वडा नम्बर ६ का अति विपन्न सुठौली, भगलापुर, बसुवा टोल बस्तिवस्तिमा पुगेर जेसिजले आफ्नो “घर घरमा डाक्टर अभियान ” को एघारौं दिन सफल पारेको कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिए ।

अभियानमा कपिलवस्तु सामुदयिक अस्पतालका सिनियर डाक्टर दिपेन्द्र चन्द, पारामेडिक्स दुर्गा भुसाल, बाणगङ्गा नगरपालिका वार्ड न. ६ का अध्यक्ष सुकदेव थारु, वार्ड सदस्य कमला परियार, स्थानीय समाजसेवी तथा युवा व्यवसायी कृष्ण प्रसाद गैरे, माउन्ट एभरेस्ट सामाजिक विकास संस्थाका कोषाध्यक्ष लेखनाथ भट्टराई, स्थानीय समाजसेवीहरु जीवन भट्टराई, केशव बस्नेत, लालमणी गौतम र दिपक बेल्वासे लगायतको सक्रियता रहेको थियो ।

कार्यक्रममा थर्मागन मेसिनद्धारा ज्वरो नाप्ने, अन्य समस्याहरु सोध्ने गरिएको कपिलवस्तु जेसिज अध्यक्ष मनोजकुमार खत्रीले जानकारी दिए ।

अभियानमा सावुन वितरण गरिनुका साथै सावुनपानिले हात धुन सिकाइएको कार्यक्रम संयोजक संस्थाका महासचिव प्रविन पौडेलले जानकारी दिए ।

आवश्यकता अनुसार अन्य नगरपालिकाहरुमा पनि यो कार्यक्रम सञ्चालन गर्न सकिने जेसीजले जनाएको छ । अस्पताल नगई घरमै आएर स्वास्थ्य जाचँ गर्दा वाणगंगा नगरपालिका वडा नं. ६ का स्थानिय अत्यन्तै खुशि भएको एक स्थानियले बताए ।

सम्बन्धित् समाचार