कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा ६ भलवारीका वडा अध्यक्ष चौधरी को अध्यक्षतामा सर्वदलीय बैठक सम्पन्न भएको छ । राहत वितरण गर्नको लागि वडाध्यक्ष हेमन्त कुमार चौधरी अध्यक्षतामा वडा स्तरीय राहत वितरण गर्ने समिति गठन भएको छ । जसमा संयोजक हेमन्त कुमार चौधरी , वडा सदस्य कल्लु प्रसाद मुराउ , कर तुल्ला मुसलमान , प्रभावती कुर्मी , ज्ञानवती रैदास , महाराजगन्ज नगरपालिका कार्य पालिका सदस्य चौधरी नाउ , नेकपा का शिव पुनज यादव , नेपाली कंग्रेस का राम सिंह चौधरी , समाजवादी का विनोद कुमार सिंह ,राजपा का विक्रम बढाई, समाजसेवी पुल्लु हरिजन , राम प्रसाद यादव र सर्जु सरान चौधरी समितिमा रहनु भएको छ ।

महाराजगन्ज नगरपालिका बाट आज कोटेसन र दरभाउ समिति बाट निर्णय गर्नु भएको छ । सरकारले निर्देशन र मापदण्डअनुसार गरिब , विपन्न , असहाय र श्रमिक हरुलाई राहत वितरण गर्ने निर्णय भएको छ ।
राहत मा चामल २५ किलो , दाल २ किलो , तेल १ किलो र नुन १ किलो दिने निर्णय भएको छ । बैठक वडा सदस्य र सबै पार्टी को प्रतिनिधि हरु उपस्थिति मा राहत पाउने व्यक्ति हरुको नामावली सार्वजनिक गरिएको छ ।









