अर्घाखाँचीको शितगंगामा एक घर र गोठमा आगलागि हुदाँ जलेर नष्ट भएको छ । शितगंगा नगरपालिका वडा नं. ६ कल्लेरी निवासी काँसी बहादुर नेपालीको घर र गोठमा आगलागी हुँदा नष्ट भएको हो । विभिन्न कामले घर परिवार बाहिर गएको समयमा घर र गोठमा आगलागी भएको जनाइएको छ । आकाशिय बर्षाको कारण आगो आफै नियन्त्रणमा आएको वडा नं.६ का वडा अध्यक्ष रिषी रेश्मीले बताए ।
वडा अध्यक्ष रेश्मीका अनुसार आगलागीबाट नेपालीको घरमा रहेका खाद्यन्न, धनमाल तथा लत्ता कपडाको क्षति भएको छ । वर्षाका कारण जनप्रतिनिधी तथा प्रहरी कोही पनि घटना स्थलमा पुग्न सकेका छैनन ।
आगलागी करिब साँझ ६ बजे तिर लागेको अनुमान गरिएको छ । उक्त आगलागी के कसरी लागेको हो त्यसको कारण तथा क्षतिको विवरण भने आउन सकेको छैन ।