कपिलवस्तु, बैशाख ३
विश्वमै महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट बच्न नेपाल सरकारले गरेको लक डाउनका कारण कपिलवस्तुका अति विपन्न परिवारहरुको पीडा बुझेर नेपाली कंग्रेस, तरुण दल र नेविसंघ छेत्र नं.१ कपिलवस्तुले खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । कपिलवस्तु नगरपालिका वडा नं.९, १०, ११ र मायादेवी गाउपालिका वडा नं ३ मा रहेका अति बिपन्न १६० भन्दा बढि घर परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अतहर कमाल मुसलमानले नेपाली कांग्रेस सधै गरिबको बस्तिमा रहेको बताउँदै यो बेला खान नपाएर मजुरी गरेर खाने मजदुरको परिवारलाई बाच्न पाउने अधिकारबाट बन्चित गर्न नहुने भन्दै आफू लागिपरेको बताए । उनले नेपाली कंग्रेस राजनीतिमा चुनाबका बेला मात्र भाषण गरेर नहिड्ने र जनताको साथमा साथ दिन आफू हर समय तयार रहेको बताए ।
यसैगरि चन्द्रकान्त पोख्रेलले बिपत्तिका बेला घरमा नै बस्ने बेला हैन राजनीति समाज रह्यो भनि गर्न सकिन्छ अरुबेला राजनीति गर्ने समय छदै छ यस्तो अवस्थामा यो पार्टी त्यो पार्टी नभनी बिपन्न परिवार खोजेर सहयोग गरेको बताए । जस्को घरमा चुल्हो बल्न गाह्रो पर्दै गईरहेको छ ती परिवारसँग खुसी साट्ने प्रयास गरेको बताए । हामी बोलेर मात्र हैन हामी बिपन्न परिवारको घरमा पुग्नु पर्छ उनिहरु सङ्ग खुसी साटनु पर्छ भनी लागिपरेको नेविसंघका सभापति पोख्रेलले बताए ।
यस्तै जिल्ला सभापति शक्ति सिंह ठकुरिले यस्तो संकटको अवस्थामा मजुरी गरेर खाने परिवारलाई गाह्रो परेको र त्यो पिडामा मलम लगाउन आफुहरु कक्मर कसेर हिँडेको बताए । केही भएपनी पीडितहरुको दुखमा सहयोग मिल्नेमा आफु विश्वस्त रहेको बताए ।
साथै नेपाली कंग्रेसका क्षेत्रीय सभापति शालिकराम चौधरी, नगर सभापति बिष्णु थापाले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै बिपन्न परिवारलाई अफ्ठ्यारो परेको बेला आफुहरु सधै लागि पर्ने बताएका थिए ।
कपिलवस्तु नगरपालिकाका ९, १०, ११ र मायादेवी गाउपालिकाको वडा नं ३मा त्यहाका पार्टी सभापति पार्टीका अग्रज ब्यक्तित्वहरुको विशेष सहयोगमा बिपन्न परिवारको पहिचान गरि सामग्री जुटाई हस्तान्तरण गरिएको थियो। हस्तान्तरण गर्दै गर्दा सामाजिक दुरि कायम गरि कार्यक्रम गरिएको थियो।
हस्तान्तरण कार्यक्रममा केन्द्रिय सदस्य सांसद अतहर कमाल मुसलमानको विशेष सहयोगका साथै नेपाली कंग्रेस जिल्ला सदस्य ललित गुरुङ, नेका महासमिति सदस्य दुर्गा सेन, सचिव प्रेम पौडेल, तिलक थापा, सचिव गोबिन्द आचार्य नेविसंघ छेत्र नं.१ सभापति चन्द्रकान्त पोख्रेल, २ का अमजद खान, इकाई सभापति दिनेश छेत्री, बिष्णु थापा, महिला नेतृ रेनु श्रेष्ठ, लगायतको उपस्थितिमा अति बिपन्न परिवारलाई अति आवस्यक रहेको चामल, दाल, नुन,तेल,लगायतका १६० भन्दा बढी घरपरिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ।