
अर्घाखाँचीको शितगंगाको वडा नम्बर ६मा आगलागी हुँदा एक घर र गोठ जलेर नष्ट भएको छ । आगलागी पिडित नेपालीको घरमा आज नगर प्रमुख सुर्य प्रसाद अधिकारी तथा वडा अध्यक्ष ऋषि रेश्मीले अनुगमन गरि तत्कालको लागी १ क्वीन्टल चामल, ३ किलो दाल, २ लिटर तेल तथा नुन राहत बितरण गरेका हुन् । आगलागीमा परि भंैसी गोरु र बाख्रा समेत जलेका छन् । मंगलवार कल्लेरी निवासी काँसी बहादुर नेपालीको घर र गोठमा आगलागी हुँदा ६ लाख ५० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।









